काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी जीएमई पे प्राइभेट लिमिटेडको अनुमति नेपाल राष्ट्र बैंकले खारेज गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी विभागका अनुसार २०७७ असोज २२ गते उक्त कम्पनीलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुुमति प्रदान गरिएको थियो । राष्ट्र बैंकका अनुसार भुक्तानी तथा फछ्र्योट विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को (क) को व्यवस्थाबमोजिम उक्त कम्पनीको अनुुमति खारेज गरिएको हो ।