काठमाडौँ । सिर्जनशील लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ६१ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक करोड ३४ लाख ६१ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा ७० करोड २० लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब आठ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ४६ लाख ९७ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३१ लाख ३१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव १३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ६१ करोड ७७ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ९६ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ६४ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।