नयाँ दिल्ली । भारत सरकारले आफ्ना जनतालाई अर्बपति एलन मस्कको स्टारलिंक इन्टरनेट सर्भिस खरिद नगर्न भनेको छ । मस्कको स्पेस एक्स कम्पनीको एउटा अंग स्टारलिंकलाई भारतमा सेवा बेच्ने अनुमति नभएको सरकारले जनाएको छ ।
शुक्रबार अबेरतिर सरकारले एक वक्तव्य जारी गर्दै तत्काल लागू हुने गरी स्टारलिंकलाई भारतीय कानुनको परिपालना गर्न र बुकिङलगायतका अग्रिम पूर्वकार्य नगर्न भनेको होा । गत नोभेम्बरमा स्टालिंकले आफ्नो व्यवसाय दर्ता गरेको थियो । त्यसपछि कम्पनीले विज्ञापन थालेको र अगाडि नै आफ्नो सेवा बिक्री थालेको सरकारले जनाएको छ ।
स्टारलिंकले भने अहिले नै प्रतिक्रिया दिन अस्वीकार गरेको छ । अहिले धेरै कम्पनीहरुले पृथ्वीको तल्लो कक्षमा साना स्याटेलाइट पठाइरहेका छन् । कम लेटेन्सीको ब्रोडब्यान्ट इन्टरनेट रिमोट एरियामा वितरण गर्नका लागि उनीहरुले स्याटेलाइटहरु प्रक्षेपण गरिरहेका हुन् ।