नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्टार्टअपको क्षेत्रमा भारतले विश्वलाई नेतृत्व गरिरहेको दाबी गरेका छन् । आइतबार मोदीले मन की बात कार्यक्रममा ७० वटा एक अर्ब डलर बढी मूल्यांकनका स्टार्टअपसँगै भारतले विश्वको नेतृत्व गरिरहेको बताएका हुन् ।
मनकी बात रेडियो कार्यक्रम हो । युवा जनसंख्या धेरै भएका जुनसुकै देशमा सोच, आविष्कार र लगावले धेरै जोखिम वहन गर्न सक्ने उनको भनाइ थियो । यी तीनै कुरा सँगसँगै आउने हो भने नसोचेको सफलता हात पर्ने उनले बताए ।
उनले अहिले जतासुकै स्टार्टअपबारे सुन्नथालेको उल्लेख गर्दै वर्तमान युग नै स्टार्टअपको युग भएको बताए । यस्तो क्षेत्रमा भारत अघि रहेको उनको भनाइ थियो । यस्ता स्टार्टअपहरुले कीर्तिमानी लगानी पाइरहेको र यो क्षेत्र तीव्र गतिमा हुर्किरहेको मोदीले बताए । उनले युनिकर्नको उदाहरण समेत दिएका थिए ।