काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १६ करोड ५४ लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १४ करोड ३० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा २५ अर्ब सात लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २९ करोड ९२ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड २७ लाख छ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात शुन्य दशमलव ६५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १९ अर्ब ३४ करोड १९ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ७४ लाख छ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड १६ लाख १५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शू्न्य दशमलव ९९ प्रतिशत रहेको थियो ।