काठमाडौं । एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक बनेको छ । नेपालबाट एनएमबी बैंकले बैंक अफ दी एसिया २०२१ अवार्ड प्राप्त गरेसँगै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक बनेको हो । बैंकका अनुसार नेपालबाट उक्त अवार्ड प्राप्त गर्ने एनएमबी बैंक पहिलो बैंक हो । ‘द फाइनान्सियल टाइमस’को द बैंकर म्याकेजिनले हरेक वर्ष प्रदान गर्ने यो अवार्डमा यो वर्षको एसियाकै उत्कृष्ट बैंकको रूपमा एनएमबी बैंकले यो अवार्ड प्राप्त गरेको हो ।
यसअघि नेपालको उत्कृष्ट बैंक बन्दै तीन पटक बैंकर अफ दि एयर अवार्ड प्राप्त गरेको एनएमबी बैंकले यसपटक ‘बैंक अफ दी एसिया’ अवार्ड प्राप्त गरेको हो । अवार्ड प्राप्त गरेपछि एनएमबीले एसियाका ४८ मुलुकको सर्वाेत्कृष्ट बैंक बन्नु सबैंको जित भएको बताएको छ । ‘बैंक मात्र हैन नेपाल र नेपाल राष्ट्र बैंकको जित हो’, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।