काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार चार सय ४९ दशमलव ९७ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६५ दशमलव २३ बिन्दुमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ६४ हजार ५२ पटकको कारोबारमा तीन करोड ९५ लाख छ हजार नौ सय ६६ कित्ता सेयर खरिदबिक्ती हुुँदा कुल कारोबार रकम १७ अर्ब नौ करोड ८६ लाख ७० हजार सात सय आठ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३४ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख ४९ हजार १४ पटकको कारोबारमा तीन करोड ९८ लाख १९ हजार चार सय १९ कित्ता सेयर खरिदबिक्ती हुुँदा कुल कारोबार रकम १९ अर्ब आठ करोड ८७ लाख ८९ हजार नौ रुपैयाँ पुगेको छ । यस साता नेप्सेको नियमित कारोबारकक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो, चौथो र पाँचौँ दिन नेप्से घटेको थियो भने दोस्रो दिन बढेको थियो ।
जसमध्ये पहिलो दिन बजार परिसूचक ७२ दशमलव ३२ अंकले ओरालो लागेर दुई हजार पाँच सय १३ दशमलव ८७ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव १७ अंंकले ओरालो लागेर चार सय ७३ दशमलव ३५ बिन्दुमा झरेकोे थियो । दोस्रो दिन भने बजार परिसूचक ३२ दशमलव २२ अंकले उकालो लागेर दुई हजार पाँच सय ४६ दशमलव आठ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६३ अंंकले उकालो लागेर चार सय ८० दशमलव ९७ बिन्दुमा चढेको थियो ।
तेस्रो दिन भने बजार परिसूचक ३७ दशमलव १८ अंकले ओरालो लागेर दुई हजार पाँच सय आठ दशमलव ९० बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ८५ अंंकले ओरालो लागेर चार सय ७४ दशमलव १३ बिन्दुमा झरेको थियो । चौथो दिन पनि बजार परिसूचक ५३ दशमलव एक अंकले ओरालो लागेर दुई हजार चार सय ५५ दशमलव ८० बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ३४ अंंकले ओरालो लागेर चार सय ६४ दशमलव ७९ बिन्दुमा झरेको थियो । पाँचौँ दिन पनि बजार परिसूचक पाँच दशमलव ८४ अंकले ओरालो लागेर दुई हजार चार सय ४९ दशमलव ९७ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ४३ बिन्दुले उकालो लागेर चार सय ६५ दशमलव २३ बिन्दुमा चढेकोे थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल, बैंक, महालक्ष्मी विकास बैंक आदि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । नेप्सेका अनुसार यस साता नबिल बैंकको आठ प्रतिशत नबिल डिबेन्चर २०८५ अन्तर्गतको २२ लाख सात हजार एक सय आठ युनिट सेयर नियमित कारोबारका लागि नेप्सेमा सूचीकृत भएका छन् ।