काठमाडौं । एनसीसी बैंकले रक्तदान कार्यक्रम गरेको छ । बैंकले २५औँ वाषिर्कोत्सवको उपलक्ष्यमा प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमती प्रदेशको काठमाडौँ मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशकोे धनगढी गरी नौवटा शाखाहरूबाट रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गर्ने कार्य सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताहरूबाट पाँच सय ७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।
साथै हालसम्म एक सय ६८ पटक रक्तदान गरेका काठमाडौं, बागबजार निवासी श्री प्रेमसागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उनको योगदानलाई सम्मान गर्दे कदरप्रत्र प्रदान गरेका छन् । साथै बैंकले २५औँ वाषिर्कोत्सवको अवसरमा एनसीसी सिल्भर सेभिङ खाता, एनसीसी सुगम सिल्भर मुद्दती खाता, एनसीसी सिल्भर रेमिट सेभिङखाता र एनसीसी सिल्भर रेमिट मुद्दती खाताजस्ता आकर्षक निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ ।
बैंकले हाल सातवटै प्रदेशमा गरी एक सय ३७ वटा शाखा १० वटा एक्स्टेन्सन काउन्टर र एक सय १४ वटा एटीएम बुथहरू सञ्चालन गरीे ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रियरूपमा सहभागी हुँदै आएको छ ।