काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भएबमोजिम तोकिएको समयअगावै आफ्नो कार्यक्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरूमा तालिम सम्पन्न गरेको जानकारी दिएको छ ।
कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा बिभिन्न कृषि तथा पशुपन्छीविज्ञहरूले प्रशिक्षण प्रदान गरेका थिए । कम्पनीको कार्य क्षेत्र तोकिएका जिल्लाहरू मुस्ताङ, म्याग्दी, बागलुङ र स्याङजामध्ये कम्पनीले मुस्ताङ, म्याग्दी र बागलुङमा कार्तिक महिनामै तालिम सम्पन्न गरी सकेको थियो ।
कम्पनीले यही मंसिर २२ गतेदेखि २४ गतेसम्म स्याङ्जामा सञ्चालित तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बीमा समितिबाट जारी भएको निर्देशिकाअनुसार तोकिएको समयअगावै तालिम सम्पन्न गर्न सकिएको र तालिमको कारण बीमा क्षेत्रमा दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने बताउँदै कम्पनीले सञ्चालन गरेको तालिमबाट ५० जनाभन्दा बढी क्षति मूल्यांकनकर्ता तयार भएकोले आगामी दिनमा कृषि तथा पशुपन्छी बीमाको क्षति मूल्यांकन तथा दाबी भुक्तानीमा सहज हुने बताए ।