काठमाडौं, माघ २१ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी–ट्वान्टी विश्व वरीयतामा नेपालको स्थान यथावत् रहेको छ । सोमबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२औँ स्थानमा थियो । टी–ट्वान्टीको विश्व वरीयतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । टी–ट्वान्टीको खेलाडी वरीयताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन् । उनी यसअघि ६०औं स्थानमा थिए । टी–ट्वान्टीमा नेपाल ११औँ स्थानसम्म पुगेको छ । आईसीसीका अनुसार बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा रहेका छन् । यसअघि उनी ८३औँ स्थानमा थिए । अलराउण्डरतर्फ पारस २७औँ स्थानमा तथा सोमपाल कामी ६५औँ स्थान तथा करण केसी ७५औँ स्थानमा रहेको आईसीसीले जनाएको छ ।