काठमाडौं । नेपाल धितोपत्र बोर्डले छ्याङदी हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर निष्कासनको लागि अनुमति दिएको छ । बोर्डका अनुसार उक्त कम्पनीलाई कम्पनीको विद्यमान चुक्ता पुँजीमध्येबाट एक बराबर शून्य दशमलव तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ करोड ९३ लाख २५ हजार रुपैयाँबराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्नको लागि अनुमति दिएको हो । बोर्डको अनुमतिपश्चात् कम्पनीले छिट्टै नै हकप्रद सेयर निष्कासन गर्ने तयारी सुरु गरेको छ ।