काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ९२ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन बिहिबार पनि १२ दसमलव ५३ अंकले उकालो लागेर २५ सय २० दसमलव २३ बिन्दुमा पुगेर रोकिएको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव एक अंकले उकालो लागेर चार सय ७७ दसलव ३६ बिन्दुमा पुगेर रोकिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ५९ हजार आठ सय पटकको कारोवारमा ८३ लाख २३ हजार नौ सय २३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुरुप आज कुल कारोवार रकम चार अर्ब ४९ करोड दुई लाख ६६ हजार चार सय १० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने तीन वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।