काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त एनसीसी बैंकले ग्राहकहरूमाझ थुप्रै खालका सेवा सुविधाहरू ल्याउँदै आएको छ ।
बैंकले ल्याएका विभिन्न खालका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरू झन् आकर्षित भइरहेका छन् । हालै एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको चारतारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरूमा सम्झौता भएको छ ।
बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरूलाई होटलमा उपलब्ध विभिन्न सेवाहरूमा विशेष छुट उपलब्ध गराउनेबारे सम्झौता भएको हो । होटलले फुड एन्ड बेभरेजमा १० प्रतिशत, र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ । हालसम्म एनसीसी बैंकको कार्ड नभएका ग्राहकहरूलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी एक सय ३७ वटा शाखा, ११ वटा एक्स्टेन्सन काउन्टर र एक सय १४ वटा एटीएम बुथहरू सञ्चालन गरी ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विस्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।