काठमाडौं । ‘बीमा समितिबाट इजाजतप्राप्त’ भन्ने वाक्यांश राख्ने पहिलो कम्पनी सूर्या लाइफ इन्स्योरेन्स कम्पनी परेको छ ।
नेपालको जीवन बीमा व्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाइमा पुग्ने लक्ष्यका साथ अगाडि बढिरहेको सूर्या लाइफले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साइनबोर्डमा बीमा समितिको बीमा समितिबाट इजाजतप्राप्त भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालन गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको दाबी गरेको छ ।
नियमनकारी निकाय बीमा समितिको यही मंसिर दुई गतेको पत्रबाट प्रत्येक बीमकले आफ्नो केन्द्रीय/प्रदेशिक कार्यालयलगायत सम्पूर्ण शाखा उपशाखाहरूमा साइनबोर्डमा यही मंसिर मसान्तभित्र अनिवार्यरुपमा बीमा समितिबाट इजाजतप्राप्त भन्ने वाक्यांश राख्न निर्देशन दिएको र सोही निर्देशनबमोजिम निर्धारित अवधिभित्रै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कर्पोरेट कार्यालयको साथै सबै शाखा कार्यालयहरूमा निर्देशनबमोजिम बीमा समितिबाट इजाजतप्राप्त भन्ने वाक्यांशसहितको नामपेटिका राखिसकेको जनाएको छ ।