काठमाडौं । ग्राहकवर्गहरूलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम योजनाहरू ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको छ ।
अनिवार्यरुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बीमा समितिले बीमकले डिजिटल बीमालेख जारी गर्ने बाटो खुला गरिदिएपछि, अभौतिक बीमालेख सञ्चालन गर्र्ने सिटिजन लाइफ इन्स्योरेन्स पहिलो कम्पनी हो । यस सेवाले कम्पनीको दक्षता बढाउनुका साथै, समयको बचत गराउँँदछ र कम्पनी र ग्राहक दुवैको लागि सजिलो वातावरणको सिर्जना गर्दछ ।
कम्पनीको ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत दुई वर्षदेखि सञ्चालनमा रहेको छ । यसका साथै अनलाइनबाट सजिलै दाबी प्रक्रिया पनि अगाडि बढाउन सकिन्छ । कम्पनीले विभिन्न तालिमहरू डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको छ ।
ग्राहक तथा अभिकर्ताहरूलाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाइ समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरीय बनाउँदै जाने क्रममा ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरू प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले जानकारी गराए ।
यसका साथै कम्पनीले ग्राहकहरूको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि ई–सेवा, फोन–पे, कनेक्ट आईपीएसलगायतका डिजिटल बैंकिङ सुविधा र कम्पनीको बैंक खाताहरू उपलब्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोबार तथा विवरण आफैँले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।