काठमाडौँ । नेपाल राष्ट्र बैंकले भौतिकरुपमा हुुने कारोबारमा कडाइ गरेको छ । राष्ट्र बैंकका अनुसार तत्कालको लागि भन्सार कार्यालयमार्फत हुने कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन भौतिकरुपमा हुुने रकम कारोबारलाई कडाइ गरिएको हो ।
यस्तो कडाइपश्चात् अबदेखि विद्युुतीय प्रणाली लागू भई विद्युुतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत हुुने आयातको हकमा चेक जारी गर्न पाइनेछैन । वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।
परिपत्रमा भनिएको छ, ‘विद्युुतीय प्रणाली लागू भई विद्युुतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत हुुने आयातको हकमा चेक जारी गर्न पाइनेछैन । तर उल्लिखित धरौटी रकम भने लिनुुपर्नेछ । मालसामान आयातको भुक्तानीको लागि प्रचलित व्यवस्थाअन्तर्गत रही प्रतीतपत्र, ड्राफ्ट वा टीटीको माध्यमबाट भारतीय रुपैयाँको सटही प्रदान गर्न सकिनेछ । तर भारु तीन करोड रुपैयाँभन्दा बढीको वस्तुु आयात गर्दा अनिवार्य रुपले प्रतीतपत्रमार्फत गर्नुपर्ने परिपत्रमा भनिएको छ ।
यसरी प्रतीतपत्र, ड्राफट वा टीटीको माध्यमबाट सामान आयात गर्दा प्रचलित व्यवस्थाबमोजिम दुई वा १० प्रतिशत धरौटी लिनुपर्नेछ र सो रकमबाट भन्सार महसुुल बुझाउने प्रयोजनको लागि आयातकर्ताको अनुरोधमा चेक उपलब्ध गराउन सकिनेछ । तर विद्युुतीय प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत हुुने आयातको हकमा भने चेक जारी गर्न पाइनेछैन । उल्लिखित धरौटी रकम भने लिनुपर्ने परिपत्रमा उल्लेख छ ।
परिपत्रअनुसार नेपाली नागरिक तथा नेपालमा विधिवत् दर्ता भएका फर्म, कम्पनी, संघ/संस्थाले भारतस्थित नियोग, संघ, संंस्था, कम्पनीसँग लिने विभिन्न सेवाशुल्क भुक्तानीको लागि भारतीय रुपैयाँ तीन लाखसम्मको सटही सुविधा आवश्यक कागजातहरु लिई वाणिज्य बैंकहरुबाट प्रदान गर्न सकिनेछ ।