काठमाडौं । हिमालयन बैंकको सेयर दाखिला तथा खारेजी बन्द हुने भएको छ । बैंकका अनुसार यही पुस ३० गते हुने १९औँ वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि यही पुुस १९ गते सेयर दाखिला तथा खारेजी बन्द हुुन लागेको हो । उक्त वार्षिक साधारणसभामार्फत बैंकले चार दशमलव ६२ प्रतिशतका दरमा बोनस सेयरको कर प्रयोजनका लागि ४९ करोड ३६ लाख १९ हजार तीन सय १९ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसैगरी बैंकले सोही वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख आठ सय २८ रुपैयाँको २१ दशमलव ३८ प्रतिशतका दरमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।