काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते–पेबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदानप्रदान गर्नेगरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नमस्ते–पेका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले संयुक्तरूपमा हस्ताक्षर गरेका हुुन् । यो सुविधामार्फत बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहकहरूले आफ्नो खातामा रहेको रकम मोबाइल बैंकिङमार्फत नमस्ते–पेमा फन्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युत् महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टपअप गर्नेलगायत अन्य विभिन्न भुक्तानीहरूको सुविधा लिन सक्नेछन् । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा एक सय २९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर, एउटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समय सापक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।