काठमाडौँ  । (रासस) गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वमा सप्तरीबाट आएको प्रतिनिधिमण्डलले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआइजी) मा पूजा सिंहको बढुवा गरेकामा धन्यवाद ज्ञापन गरेको छ । प्रतिनिधिमण्डलले गृहमन्त्री खाँणलाई मन्त्रालयमा भेटेर मधेशका महिलाबाट पहिलोपटक डीआईजी पदोन्नती गरेकामा धन्यवाद दिएको हो । ‘मधेशी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौँ”, कांग्रेस केन्द्रीय सदस्य यादवले भने, ‘अब हामीले प्रधानमन्त्रीलाई पनि भेटेर धन्यवाद ज्ञापन गर्छाैं । सरकारले उदाहरणीय काम गरेको छ ।” प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचय बनाउन सफल छिन् ।