काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १० करोड ४४ लाख ३२ हजार छ सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड ५६ लाख १६ हजार पाँच सय ९३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार चार सय रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा नौ अर्ब ८५ करोड २८ लाख ९७ हजार तीन सय १४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा संंस्थाको यस्तो कर्जा आठ अर्ब १५ करोड ९७ लाख ६५ हजार १५ रुपैयाँ रहेको थियो । चालू आवको दोस्रो त्रैमासमा १८ करोड २३ लाख १८ हजार ५७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ भने स्प्रेड दर तीन दशमलव २९ प्रतिशत रहेको छ ।
यस अवधिमा संस्थाको वितरणयोग्य नाफा भने छ करोड ९६ लाख ८१ हजार ४७ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले १५ करोड १५ लाख १३ हजार पाँच सय ३९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा शून्य प्रतिशत कर्जा खराब रहेको संस्थाको स्प्रेड दर भने दुई दशमलव ५६ प्रतिशत रहेको थियो ।