काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) लिमिटेड र मेडि प्लस अस्पताल तथा ट्रमा सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहहरुलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । यो सम्झौतापश्चात् ग्राहकहरुले मेडि प्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् ।
ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले हाल ९४ शाखा कार्यालयहरु, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।