काठमाडौं । शेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १४ अंकले ओरालो लागेको शेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार भने १९ दशमलव २९ अंकले उकालो लागेर २८ सय ९१ दशमलव ३३ बिन्दुमा चढेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९८ अंकले उकालो लागेर पाँच सय ४२ दशमलव ९० बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् ।
जसबाट आज ८० हजार आठ सय २९ पटकको कारोवारमा एक करोड २१ लाख ६७ हजार छ सय पाँच कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल शेयर कारोवार रकम छ अर्ब ५७ करोड ४८ लाख ४२ हजार चार सय १८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये नौ वटा उपसमुहहरुको सुचक उकालो लागेक छन् भने चार वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन्।