काठमाडौं । स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुलिँदै गएको हो ।
कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरु दक्षिणपूर्वी, मध्यपूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा परीक्षित तथा अनुमोदित भएको छ । तेस्रो देश निर्यात थालनीको अवसरमा शंकर गु्रपका अध्यक्ष शंकर लाल अग्रवालले उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिबद्धता नै कम्पनीको प्रथम प्राथमिकता रहेको बताए । गुणस्तरको सुनिश्चिततार्थ अत्याधुनिक प्लान्टमार्फत निर्मित कम्पनीका उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोगले कम्पनीले अझ विस्तारित रुप लिएको उनको भनाइ छ ।
नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा निकै गौरवान्वित भएको उनले बताए । यससँगै गुणस्तरको निरन्तरताका लागि प्रतिबद्धता जनाउँदै उनले भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्तामाझ पस्कँदै जान थप आत्मबल मिलेको आभास भइरहेको उल्लेख गरे ।