काठमाडौं । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १५ अंकले उकालो लागेको शेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार भने १६ दसमलव तीन अंकले ओरालो लागेर २८ सय ३५ दसमलव ५८ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ८२ अंकले ओरालो लागेर पाँच सय ३२ दसमलव ४९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३० वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट ७१ हजार तीन सय ४० पठकको कारोवारमा एक करोड २० लाख ५३ हजार सात सय ५१ कित्ता शेयर खरिद बिक्री भएक छन् । जसबाट आज कुल कारोवार रकम छ अर्ब २८ करोड ७२ लाख १७ हजार नौ सय ८५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।