काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सात दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १० करोड ८५ लाख ४६ हजार पाँच सय ६० रुपैयाँमध्येबाट सात प्रतिशत अर्थात् सात करोड सात करोड ७५ लाख ९८ हजार दुई सय ५९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत अर्थात् ४० लाख ८४ हजार एक सय १९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही माघ २४ गते बसेको दुई सय २४औँ बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितिको स्वीकृती एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।