काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक दोस्रो त्रैमासिक अवधिमा ४९ करोड ३९ लाख ९५ हजार दुई सय १६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा पाँच करोड ७१ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १७ अर्ब पाँच करोड १६ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ५९ करोड ६४ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब छ करोड ३५ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १५ अर्ब ८१ करोड ९२ लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ७३ करोड ७१ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब चार करोड २३ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात १५ दशमलव १५ प्रतिशत रहेको थियो ।