काठमाडौं, माघ २६ नेपाल कानुन व्यवसायी परिषद्को निर्वाचनमा प्रदेश १ बाट प्रेम प्रसाद पोख्रेल, प्रदेश २ बाट श्याम कुमार मिश्र, वाग्मतीबाट डा. चन्द्रकान्त ज्ञवाली, गण्डकीबाट मुकुन्दराज अर्याल, प्रदेश ५ बाट बाबुराम पाण्डे, कर्णालीबाट रामबहादुर बीसी र सुदूरपश्चिमाञ्चलबाट प्रकाशबहादुर पाण्डेय निर्वाचित भएका छन् । परिषद्को प्रत्येक प्रदेशबाट एक/एक सदस्यका लागि शनिबार निर्वाचन भएको थियो ।