बर्लिन । कोरोनाविरुद्धको अधिकतम स्वीकार्य खोप विकास गरेको जर्मन खोप निर्माता बायोएनटेकले अफ्रिकामाा उत्पादन कारखाना बनाउने योजना सार्वजनिक गरेको छ । कम्पनीले बुधबार उक्त महादेशमा असाध्यै चाहिएको खोप उपलब्धतालाई मध्यनजर गर्दै यस्तो योजना सार्वजनिक गरेको समाचार संस्था एपीले उल्लेख गरेको छ ।
कम्पनीले यसको मोडुलर डिजाइन जर्मनीस्थित मार्बर्गमा आयोजित एक अवसरमा प्रस्तुत गरेको थियो । कम्पनीको एआरएनएमा आधारित खोपहरु बनाउन आवश्यक उपकरणसँगै शिपिङ कन्टेनर रहेको प्रस्तुतीकरणमा देखाइएको थियो । यसले भर र सकाउ भन्ने प्रक्रियाअन्तर्गत मात्राहरु बोटलमा राख्ने अन्तिम कदमबारे उल्लेख थियो । ‘हाम्रो लक्ष्य भनेको एमआरएनए उत्पादन सबै महादेशमा उत्पादन गरौँ भन्ने हो’, बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत उगुर साहिनले एपीलाई भनेका छन् ।
पछिल्लो समय कम्पनीमाथि आफ्नो खोप पेटेन्ट निलम्बन नगरेको आलोचना बढिरहेको छ । यसले गर्दा प्रतिस्पर्धी कम्पनीलाई धेरै अवसर सिर्जना गरेको बताइएको छ । कम्पनीले भने एमआरएनए खोपको उत्पादन कठिनाइबारे तर्क अघि सार्दै आएको छ ।