काठमाडौं, माघ २६
सिद्धार्थ बैंकको मुसिकोट शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले शुक्रबार रुकुम अवस्थित मुसिकोट शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको हो । बैंकको मुसिकोट शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ अषाढ ३१ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले देशभर एक सय ८० वटा शाखा (तीनवटा एक्सटेन्सन काउन्टरसहित), एक सय एकवटा शाखा रहित बैंकिङ सेवा, दुई सय तीनवटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ ।