काठमाडौ । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । साताको चौंथो कारोवार दिन आज बुधबार पनि बजार परिसुचक ६३ दशमलव ५४ अंकले ओरालो लागेर २५ सय ४७ दशमलव शुन्य चार बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ३८ अंकले ओरालो लागेर चार सय ८८ दशमलव ८३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको शेयर कारोबार भएका छन् । जसबाटट ५५ हजार दुई सय १२ पटकको कारोबारमा ७६ लाख ५२ हजार दुई सय चार कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज तीन अर्ब ६२ करोड ११ लाख ४३ हजार नौ सय ७९ रुपैयाँको शेयर किनबेच हुन पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्येमा सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो भएको छ ।