काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १४ दशमलव ६७ अंकले ओरालो लागेर २६ सय १६ दशमलव ५८ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव एक अंकले ओरालो लागेर चार सय ९४ दशमलव ३८ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको शेयर कारोबार भएका छन् । जसअनुसार ३५ हजार दुई सय १२ पटकको कारोबारमा ४२ लाख ८७ हजार पाँच सय ६९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब २७ करोड ४६ लाख २६ हजार एक सय ९१ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये लगानी उपसमुहको सुचक बढेको छ भने बाँकी उपसमुहहरुको सुचक उच्च बिन्दुले ओरालो लागेका छन् ।