काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले खरिद नियमावलीको संशोधनबाट मात्रै निर्माण उद्योगको समस्या समाधान नहुने बताएकी छिन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले खरिद ऐन÷कानुनमै संशोधन आवश्यक भएको बताइन् ।
गलत नीति नियमका कारण निर्माण व्यवसायीहरूले सास्ती खेप्नुपरेको उनको भनाइ थियो । निर्माणकार्यमा समस्या देखिनेबित्तिकै निर्माण व्यवसायीलाई दोष थुपार्ने प्रवृत्ति गलत भएको भन्दै उनले सरकारी तहबाटै योजना छनोटदेखि नै गलत अभ्यास हुने गरेको बताइन् । स्वदेशमा सञ्चालित ठूला–ठूला परियोजनामा विदेशी व्यवसायी आवश्यक नभएको उनको भनाइ छ । समयमा नै गुणस्तरीय काम सक्ने सर्तमा व्यवसायीलाई अहिलेभन्दा बढी मोबिलाइजेसन खर्च दिनुपर्ने उनले बताइन् ।