काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ । काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरू विस्तार गरेको हो ।

योसँगै मेगा बैंकको शाखा सञ्जाल दुई सय सातवटा पुगेको छ । अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगाले गुणस्तरीय बैंकिङ सुविधासँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको बैंकले जानकारी दिएको छ ।