ब्युनर्स आयर्स । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर विस्तारित व्यवस्थालाई अनुमोदन गरेको आईएमएफले जनाएको छ ।
‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को कार्यकारी बोर्डले आज अर्जेन्टिनाको ४४ अर्बको विस्तारित कोष सुविधाअन्तर्गत ३०–महिना विस्तारित व्यवस्थालाई अनुमोदन ग-यो’, शुक्रबार विज्ञप्तिमा भनिएको छ । आईएमएफले सार्वजनिक वित्तलाई सुदृढ पार्ने र ‘निरन्तर उच्च मुद्रास्फीति’लाई कम गर्न शुरु गर्ने लक्ष्य राखेको छ।
“अर्जेन्टिनाले असाधारण आर्थिक र सामाजिक चुनौतीहरूको सामना गरिरहेको छ, जसमा निराशाजनक प्रतिव्यक्ति आय, उच्च गरिबीको स्तर, लगातार उच्च मुद्रास्फीति, भारी ऋणको बोझ र कम बाह्य बफरहरू छन्। यस पृष्ठभूमिमा अधिकारीहरूको आर्थिक कार्यक्रमले व्यावहारिक र यथार्थपरक उद्देश्यहरू सेट गर्दछ ।