काठमाडौं । समृद्धि फाइनान्सले नयाँवर्ष २०७९ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । बुधबार संस्थाका प्रमुख कार्यकारी अधिकृत टीका निधि लोहनीले शाखा कार्यालय पुतलीसडक काठमाडौंमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको फाइनान्सका व्यवसाय प्रवर्द्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् । साथै, ई–क्यालेन्डर पनि आफ्नो आधिकारिक अनलाइन पेज फेसबुक, इस्टाग्राम र टुइटर र वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।
फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आर्कषक ब्याजदरसहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।