काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ११ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको यही चैत सात गते बसेको सञ्चालक समितिको बैठकले हाल कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब २४ करोड २३ लाख ३८ हजार पाँच सय ६४ रुपैयाँमध्येबाट ११ प्रतिशतका दरले हुन आउने १३ करोड ६६ लाख ५७ हजार दुई सय ४२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
यसैगरी कम्पनीले कर प्रयोजनको लागि हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट शून्य दशमलव ५७ प्रतिशत अर्थात् ७१ लाख ९२ हजार चार सय ८६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणाा गरेको छ । लाभांश वितरणसम्बन्धी कम्पनीको सञ्चालक समितिको गरेको निर्णय नियमनकारी निकाय बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनका आउनेछ ।