काठमाडौं । ज्योति विकास बैंकले कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजासँग होटलका विभिन्न सेवा सुविधाहरूमा बैंकका ग्राहकहरूलाई १५ प्रतिशत छुटसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी तथा होटल सेन्ट्रल प्लाजाका तर्फबाट बजार व्यवस्थापन प्रमुख रमेश कुमार पाठकले हस्ताक्षर गरेका हुन् । बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई सेवाहरूमा थप छुट दिन सो सम्झौता गरेको हो । होटल सेन्ट्रल प्लाजा कोहलपुरस्थित सम्पूर्ण आधुनिक सुविधा सम्पन्न पाँचतारे होटल हो ।
यस सम्झौतापश्चात् बैंकका ग्राहकहरूले भिषा डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रुम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायहरूसँगको सहकार्यमा ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ । बैंकले हाल एक सय १४ वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६३ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।