काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी–३, काठमाडौँस्थित बाँसबारी क्लबलाई चार लाख रुपैयाँ प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ । उक्त सहमतिपत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेस प्रदिप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरेका हुन् ।
खेलाडीहरूको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरूको खेल तयारी र आवश्यक खेल समग्री खरिद गर्न क्लबलाई प्रदान गरिएको हो । बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद आयोजनाहरूमा सहभागिता जनाउँदै आएको छ । उक्त सम्झौताले खेलाडीहरूमाझ खेलप्रति झनै धेरै उत्साहित बनाएको छ । साथै यस्ता सम्झौताहरूले खेलाडीहरूलाई खेलमा उत्प्रेरित गराउने र खेलाडीहरूको विकासमा योगदान पु-याउने विश्वास बैंकले लिएको छ ।