काठमाडौं । ज्योति विकास बैंकले आइतबारबाट चर्चित पर्यटकीय स्थल घान्द्रुक कास्कीमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै एटीएम सञ्चालनमा ल्याइएको हो ।
आइतबार आयोजित एक कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार गुरूङले एटीएम बुथको समुद्घाटन गरेका हुन् । कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख श्री प्रजिता जोशी, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम, अन्य कर्मचारीहरू, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो ।
उद्घाट्न समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कुमार गुरूङले सो एटीएम सेवामार्फत त्यहाँका स्थानीय बासिन्दाहरूलगायत पर्यटकहरूलाई पनि ले निकै नै सुविधा पु-याउने विश्वास लिएको र बैंकले थप सेवा उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका थिए । साथै बैंकले हालसालै बैंकिङ पहुँचलाई थप विस्तार गर्दै जनतामाझ बैंकको पहुँच सहज बनाउने उद्देश्यले इलाम, कञ्चनबारी, लहान र कटारीमा चार नयाँ शाखा विस्तार गरेको छ ।