मस्को । रुसले अस्थायी रुपमा पुँजी नियन्त्रणमा गरेको कडाइ सहज पार्ने भएको छ । रुबलको अवमूल्यन कम गर्न यस्तो कडाइ गरेको थियो । योसँगै मानिसहरुले विदेशी मुद्रा खरिद गर्न पाउनेछन् ।
रुसी केन्द्रीय बैंकले कडाइका लागि गठन गरेको आयोग नै खारेज गरेको जनाएको छ । यो निर्णयपछि मस्को एक्सचेन्जमा रुबल फेरि केही बलियो बनेको छ । यसअघि मार्चमा रुबल कीर्तिमानी रुपमा अवमूल्यन भएको थियो ।
हाल फेब्रुअरी २४ भन्दा अघिकै अवस्थामा रुबल फर्किएको हो । यो त्यो दिन हो जहिले रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यहाँको केन्द्रीय बैंकले बैंकहरुले विदेशी मुद्रा अप्रिल १८ बाट बिक्री गर्न सक्ने तर अप्रिल ९ अघि यस्तो गर्न नदिइने जनाएको छ ।