काठमाडौं । सेयर बजार परिसुचक पुन: ओरालो लागेको छ । अघिल्लो दिन ४४ दशमलव ५६ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन: ३४ दशमलव ७९ अंकले ओरालो लागेर २३ सय ८५ दशमलव शुन्य एक बिन्दुमा झरेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७६ अंकले ओरालो लागेर चार सय ४९ दशमलव १२ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् ।
जसबाट ३१ हजार पाँच सय ७६ पटकको कारोबारमा ३७ लाख ८३ हजार २४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार चार सय १८ रुपैयाँको सेयर कारोबार भएका छन् ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये एउटा उपसमुहको सुचक बढेर बाँकी १२ वटा उपसमुहको सुचक घटेका छन् ।