काठमाडौं । ललितपुरको पाटनमा अर्को फेसन बुटिक थपिएको छ । फेसन डिजाइनरद्वय सविता महर्जन र सरिता श्रेष्ठले पाटनमा अर्किड फेसन स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।
उक्त फेसन स्टुडियोको शनिबार चर्चित कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, बरिष्ठ ग्ल्यामर फोटो ग्राफर राजभाइ सुवाल र मोडल तथा कोरियोग्राफर विपना थापाले संयुक्त रुपमा उद्घाटन गरे । फेसन स्टुडियोको उद्घाटनपछि कोरियोग्राफर प्रशान्तले सहरमा नयाँ बुटिक थपिएकामा खुसी व्यक्त गरे । उनले नेपाली समाज फेसन कन्सस रहेको भन्दै डिजाइनरहरुको भविष्य उज्जल रहेको बताए । सविता र सरिताले आईआईएफटीबाट फेसन डिजाइनिङमा डिप्लो कोर्ष पूरा गरेका हुन् ।
पाटनका स्थानीय सविता र सरिताले ‘अर्किड फेसन स्टुडियोलाई संयुक्त लगानी सञ्चालनमा ल्याएका हुन् ।सविताले भनिन्, ‘हामी ग्राहकको अर्डरअनुसार पहिरन तयार गर्नेछौँ । अरु बुटिकमा जस्तो पहिरन उपलब्ध हुन्छ, फेसन स्टुडियोले पनि त्यही सेवा उपलब्ध गर्नेछ ।’