कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मंगलबार श्रीलंकालाई आफ्नो मौद्रिक नीति कडा बनाउन, कर बढाउन र ऋण संकट हटाउन लचिलो विनिमय दर अपनाउन आग्रह गरेको छ । आईएमएफको एसिया र प्रशान्त विभागका कार्यकारी निर्देशक एन्ना–म्यारी गल्ड–वुल्फले एउटा भिडियो सम्मेलनमा भनिन्, ‘हामीले गत हप्ताको अन्त्यमा अधिकारीहरूसँग वार्ताको लागि तयारी हुँदै गर्दा धेरै राम्रो, फलदायी, प्राविधिक छलफल गरेका छौँ ।’
श्रीलंकाका वित्तमन्त्री अली सबारी र केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङेले हालै देशका लागि वित्त सहायताबारे छलफल गर्न आईएमएफका अधिकारीसँग भेटवार्ता गरेको थियो ।
यसअघि श्रीलंकाले बाह्य ऋण भुक्तानी निलम्बन गरेको थियो । उनले भनिन्, ‘कर्जाको स्थायित्वका लागि आवश्यक कोष लिने बिषयमा प्रगति हुनेछ । मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न मौद्रिक नीतिलाई कडाइ गर्नुपर्छ । हामीले लचिलो विनिमय दरको आवश्यकता देखिएको छ ।’