काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर उपलब्ध गराउने भएको छ । वैशाख १९ गते (मे २ तारिख) मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस२०७९ को अवसरमा कम्पनीले उक्त अफर ल्याएको हो ।
कम्पनीका ग्राहकहरुका लागि टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर वैशाख १८ देखि वैशाख २४ (मे १ तारिख मे ७ तारिख) सम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने छ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ९९ रुपैयाँमा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । स्टार१४१५स्टार११ह्याक्स डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीले दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जीबीको डाटा प्याक र पाँच सय रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने दुई जीबी डाटा प्याक पनि उपलब्ध गराउने भएको छ । यस अफरबाट ग्राहकहरुले लाभ लिई सूचना प्रविधिमैत्री बन्न थप सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ । (आर्थिक दैनिकबाट)