काठमाडौं । नेपाल एसबीआर्ई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआर्ईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुुन् ।
सम्झौताअनुसार नेपाल एसबीआर्र्ई बैंकको रेमिटान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत भुक्तानी हुने साथै सिटी एक्सप्रेसमार्फत आएको रेमिटेन्स नेपाल एसबीआर्र्ई बैंकको सम्पूर्ण शाखाहरूबाट भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकवर्गहरूले सहज र सुलभ तरिकाले रेमिट्याान्स कारोबार गर्न सकिने विश्वास बैंकले लिएको छ ।