पानामा सहर । पानामाको राष्ट्रिय सभाले क्रिप्टोसम्बन्धी सम्पत्ति प्रयोगलाई अनुमति दिने विधेयक पारित गरेको छ । योसँगै मध्यअमेरिकी देशमा क्रिप्टो सम्पत्तिको प्रयोग र व्यवसायीकरणको कानुनी नियमन खुल्ला हुने भएको छ ।
पानामा अफसोर वित्तीय सेवाको हब हो । यो विधेयक पारित भएसँगै क्रिप्टो सम्पत्तिको सार्वजनिक र निजी प्रयोगको ढोका पनि खुल्ला भएको छ । अब यहाँका मानिसहरुले आफूले तिर्नुपर्ने कर रकम क्रिप्टोमार्फत नै तिर्न पाउनेछन् । विज्ञहरुले भने यसले पानामा सहरको गरिमा घटाउनसक्ने चेतावनी दिएका छन् । वित्तीय पारदर्शितामाथि प्रश्न उठ्नसक्ने उनीहरुको ठम्याइ छ ।
यो एल साल्भाडोरले पारित गरेको भन्दा व्यापक फराकिलो प्रमाणीकरण हो । साल्भाडोरले गत वर्ष बिटक्वाइनलाई वैध मुद्राको मान्यता दिएको थियो । यो विधेयकले क्रिप्टो सम्पत्तिको प्रयोग तथा व्यापार, डिजिटल सेयर जारी, नयाँ भुक्तानी प्रणाली र बहुमूल्य धातुको टोकनजस्ता धेरै क्षेत्रलाई समेट्छ । पानामा ट्याक्स हेभनले चिनिने देश हो ।