काठमाडौँ । नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरेबापत लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका पंकज जलानलाई नेपाल सरकार सञ्चार तथा सूचना मन्त्रालयद्वारा नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२ द्वारा सम्मानित गरिएको छ ।
शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याइरहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, विगत २३ वर्षदेखि नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । एलबीईएफ गु्रप अफ इन्स्टिच्युटअन्तर्गत लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, पाटन कलेज फर प्रोफेसनल स्टडिज, जानकी कलेज फर प्रोफेसनल स्टडिज, जानकी कलेज, जनकपुर, अक्षर विद्या मन्दिर, जनकपुर र इन्टरनेशनल स्कूल फर स्किल्स पर्दछन् ।
नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२ द्वारा सम्मानित पंकज जलान विगत कैयौँ वर्षदेखि शैक्षिक क्षेत्रमा कार्यरत हुनुका साथै विभिन्न पदमा रही विभिन्न सामाजिक कार्यहरुमा पनि संलग्न छन् ।