काठमाडौं, फागुन ४
यस साता सेयर बजार परिसूचक १३ सय ४४ दशमलव ५९ अंकमा पुगेर रोकिएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ८४ दशमलव २४ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७५ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ७० हजार नौ सय २४ वटा कारोबारमा एक करोड ६६ लाख १४ हजार पाँच सय ८८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम छ अर्ब ६९ करोड ८३ लाख २९ हजार एक सय ३६ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले कम हो । गत साता भने धितोपत्र बजारमा एक सय ७७ कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार ८१ हजार चार सय पाँच वटा कारोबारमा दुई करोड ११ लाख छ हजार तीन सय ३५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम सात अर्ब ३९ करोड १७ लाख दुई हजार पाँच सय १० रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो र पाँचौं दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो, तेस्रो र चौथो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो ।
यस साता पहिलो दिन बजार परिसूचक १३ दशमलव सात अंकले ओरालो लागेर १३ सय १९ दशमलव ९९ अंकमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन अंकले ओरालो लागेर दुई सय ८१ दशमलव चार अंकमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक चार दशमलव २८ अंकले उकालो लागेर १३ सय २४ दशमलव २६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव तीन अंकले उकालो लागेर दुई सय ८१ दशमलव ६२ अंकमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक उकालो लागेको थियो ।
उक्त दिन बजार परिसूचक १७ दशमलव ११ अंकले उकालो लागेर १३ सय ४१ दशमलव ३८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले उकालो लागेर दुई सय ८५ दशमलव ३७ अंकमा चढेको थियो । चौंथो दिन पनि बजार परिसूचक चार दशमलव छ अंकले उकालो लागेर १३ सय ४५ दशमलव ९७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १९ अंकले उकालो लागेर दुई सय ८५ दशमलव ५६ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक एक दशमलव ३९ अंकले ओरालो लागेर १३ सय ४४ दशमलव ५९ अंकमा झरेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३२ अंकले ओरालो लागेर दुई सय ८४ दशमलव २४ अंकमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा हिमालयन डिष्ट्रिलरी प्राली, ग्लोवल आईएमई बैंक, एनआईसी एशिया बैंक आदि परेका छन् । यसैगरी सेयर कारोबार भएको संख्यामा आधारमा भने ग्लोवल आईएमई बैंक सिभिल बैंक, नेशनल हाइड्रो पावर कम्पनी, प्रभु बैंक, आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सूचीकरण तर्फ भने यस सातामुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार सात सय ७३ दशमलव ३८ र सनराईज बैंकको ८१ लाख ५२ हजार पाँच सय ५५ दशमलव ८५ कित्ता बोनस सेयर नियमित कारोबारका लागि सूचीकृत भएका छन् ।