अमेरिका । सन् २०२० र २०२१ मा कोभिड–१९ महामारी यस यसका कारण सिर्जित अन्य समस्याका कारण विश्वभर कम्तीमा एक करोड ४९ लाख मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

बिहीबार सार्वजनिक अनुमानित तथ्यांकअनुसार यो रोगका कारण मृत्यु हुनेको संख्या यसअघि विभिन्न मुलुकबाट सार्वजनिक गरिएको तथ्यांकभन्दा तीन गुणासम्म बढी रहेको हुनसक्ने डब्लुएचओले जनाएको छ ।