काठमाडौं । साताको पहिलो दिन सेयरबजार १७ दशमलव ९५ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से दुई हजार दुई सय ५६ अंकमा पुगेको छ । एक सय ३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५२ वटा कम्पनीको घट्यो भने पाँँचवटा कम्पनीको स्थिर रह्यो  । आइतबार सेयरबजारमा एक अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै कुल दुई सय ३३ वटा कम्पनीको ३३ लाख ४१ हजार दुई सय १४ कित्ता सेयर कारबोर हुँदा बजार पुँजीकरण ३२ खर्ब १० अर्ब ३० करोड ३६ लाख पुगेको छ । विकास बैंक १०८.६२, होटल तथा पर्यटन ७१.९७, जलविद्युत् ६६.४, फाइनान्स ५३.५६, जीवन बीमा ३८.५८, उत्पादन ११.५७, निर्जीवन बीमा ९.४९, व्यापार उपसमूह ४.९१, लगानी १.४९ अन्य ३५.८६ अंकले बढ्दा बैंकिङ र लघुवित्त भने क्रमशः २.५४ र ०.३ अंकले घट्योे । साताको पहिलो दिन १२ वटा कम्पनीको मूल्य ६ देखि १० प्रतिशतले बढ्यो । सबैभन्दा बढी कमाउनेमा जाल्पा सामुदायिक लघुवित्त, घलमेदी हाइड्रो लिमिटेड, माउन्टेन इनर्जी, हिमाल ऊर्जा, श्री इन्भेष्टमेन्ट फाइनान्स, साहस ऊर्जा, ज्योति जीवन बीमा, नेपाल हाइड्रो विकास, जोशी हाइड्रो, आँखुखोला जलविद्युत्, खानीखोला हाइड्रो र सिनर्जी पावर रहेका छन् । सबैभन्दा बढी गुमाउनेमा उन्नति सहकार्य लघुवित्त, एनआईसी एसिया (म्युचुअल फण्ड), एसियन लाइफ इन्सुरेन्स, रुरु जलविद्युत् आयोजना, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, आरएमडीसी, सपोर्ट माइक्रोफाइनान्स, नागरिक लगानी कोष (म्युचुअल फण्ड), महिला लघुवित्त वित्तीय संस्था, युनाइटेड मार्दी हाइड्रो रहेका छन् । कारोबार रकमको आधारमा नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, नबिल बैंक, एनआईसी एसिया बैंक, अरुण भ्याली हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआईसी एसिया लघुवित्त (प्रमोटर सेयर), एनएमबी बैंक, निफ्रा अगाडि रहे । सबैभन्दा बढी कित्ता सेयर कारबोर भने एनएमबी बैंक (प्रमोटर सेयर), अरुण भ्याली हाइड्रोपावर डेभल्पमेन्ट, निफ्रा, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल बैंक लिमिटेड, सानिमा इक्विटी, नेशनल हाइड्रोपावर भएको छ ।